|  

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली मन्दिरमा पूजाअर्चना

१८ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले पूजाअर्चना गरी पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए।