|  

रवि लामिछानेलाई पूर्वडीआईजी खरेलको सुझावः  यो गिरोहलाई हटाएर सरकार सम्हाल्नुस

१८ कात्तिक, काठमाडौं ।  पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा हस्तक्षेप गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खरेलले प्रधानमन्त्री बालेन र उनको टिमको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले रविलाई सम्बोधन गर्दै पार्टी मात्रै नभई सरकारसमेत आफैँले सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन्।

‘रविजी, पार्टी मात्रै होइन, यो गिरोहलाई हटाएर सरकार पनि आफैँ सम्हाल्नुपर्ने अवस्था आइसकेको छ,’ खरेलले लेखेका छन्।