|  

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीचत भेटवार्ता

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र बनेसँगै भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्।

भ्रमणको तयारीका लागि मंगलबार बिहान काठमाडौं आएका मिश्रीले आगमनलगत्तै उच्चस्तरीय भेटघाट सुरु गरेका छन्। उनले आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने, बहुआयामिक साझेदारीलाई गहिरो बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।