|  

इन्धन महँगिँदा मतदाता असन्तुष्ट भएः ट्रम्प

१८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको हारमा इरानसँगको युद्ध र बढ्दो इन्धन मूल्यले पनि प्रभाव पारेको स्वीकार गरेका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानमा थप सैन्य कारबाही हुन सक्ने संकेत गर्दै आवश्यक परे कडा प्रहार गरिने बताएका छन् ।

उनले इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने दाबीसमेत गरे । यसैबीच, इन्धनको मूल्य बढ्दा अमेरिकी मतदाता असन्तुष्ट बनेको र त्यसको असर रिपब्लिकन उम्मेदवारहरूलाई परेको ट्रम्पले स्वीकार गरेका छन्।

इन्धन खरिदमा बढी रकम खर्च गर्नुपर्दा मतदातामा असन्तुष्टि बढेको उनको भनाइ छ।