|  

दानबहादुर कार्कीको सरुवा कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै : सरकार

१८ कात्तिक,काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णयलाई कारबाही नभई जिम्मेवारी हेरफेर भएको स्पष्टीकरण दिएको छ।

बुधबार मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। उनको स्थानमा सरकारले मनोज केसीलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको छ। सरकारको निर्णयबारे उठेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीमाथि कुनै कारबाही नगरिएको दाबी गरे। उनले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको र नयाँ आईजीपीले प्रहरी संगठनको नेतृत्व सम्हाल्ने बताए। ‘उहाँलाई कारबाहीको रूपमा हेर्न हुँदैन। जिम्मेवारी फेरबदल मात्रै भएको हो,’ पोखरेलले भने।