|  

आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : ‘उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला’

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको नेतृत्व परिवर्तनबारे व्यंग्यात्मक टिप्पणी गरेका छन्।

बुधबार पार्टी कार्यालयमा सञ्चारकर्मीको प्रश्नमा ओलीले दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाइएको विषयमा ‘उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला’ भनेका हुन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। त्यसपछि सरकारले केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो।