१८ कात्तिक, काठमाडाैं । भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन्।
दुई दिने नेपाल भ्रमणमा रहेका मिश्रीले नयाँ दिल्ली फर्कनुअघि सिंहदरबारमा प्रधानमन्त्री शाहसँग भेट गर्न लागेका हुन्। प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारीका लागि आएका मिश्रीले यसअघि परराष्ट्र सचिव अमृतबहादुर राईसँग द्विपक्षीय विषयमा छलफल गरेका थिए। शाह आगामी नोभेम्बर २३ मा भारत भ्रमणमा जाने तयारी भए पनि मिति औपचारिक रूपमा घोषणा हुन बाँकी छ।
प्रस्तावित भ्रमणमा ऊर्जा, व्यापार, पूर्वाधार र यातायात सञ्जाल विस्तारका विषय प्राथमिकतामा रहनेछन्। रक्सौल–काठमाडौं रेलमार्ग, जनकपुर–अयोध्या रेल सेवा, जलविद्युत् आयोजना, सीमा पूर्वाधार, बाढी प्रभावित संरचनाको पुनर्निर्माण तथा थप हवाई रुटबारे छलफल हुने सरकारको तयारी छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar