|  

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

१८ कात्तिक, काठमाडाैं । गृहमन्त्री सुधन गुरूङले आइजिपीमा नियुक्त भएका प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई दज्र्यानी चिह्न लगाइदिएका छन् ।

यसअघि गृह सचिवले लगाउँदै आएको भए पनि यसपालि गृहमन्त्री गुरूङले दज्र्यानी चिह्न लगाएका हुन् । गृहमन्त्रीको रूपमा नियुक्त हुँदा गुरूङले प्रधान कार्यालयको निरीक्षण गर्दै प्रधानमन्त्रीले नै दज्र्यानी चिह्न लगाउने व्यवस्था गर्ने बतएका थिए। प्रहरी संगठनभित्र आइजिपीलाई गृहमन्त्री वा प्रधानमन्त्रीले नै फूली लगाइदिन पर्ने लामो समयदेखि आवाज उठ्दै आएको थियो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई नेपाल प्रहरीको ३४ औं महानिरीक्षकको रूपमा नियुक्त गरेका हन् । सरकारले दानबहादुर कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै केसीलाई आइजिपी बनाएको हो।