|  

सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छः नवनियुक्त आईजीपी केसी

१९ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा.मनोजकुमार केसीले सबै प्रहरी कर्मचारीहरू एकढिक्का भई नेपाल सरकार र आमनागरिकको अपेक्षाअनुरूप काम गर्नु आवश्यक रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आईजीपी केसीले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको सर्वोच्च पदमा पदोन्नति गरेकामा नेपाल सरकारलाई कृतज्ञता व्यक्त गरे ।