|  

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

लिग तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीले ३ खेलमध्ये २ मा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ। जनकपुर भने ४ खेलमा २ जित र २ हारसहित चौथो स्थानमा छ।

यस्तै, दिउँसो ४ः३० बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्।
विराटनगर ४ खेलमा २ जित र २ हारसहित दोस्रो स्थानमा रहँदा काठमाडौं २ खेलमा एक जित र एक हारसहित सातौं स्थानमा छ।