|  

आईजीपीमा पुनर्बहालीको माग लिएर आज सर्वोच्च जाने कार्कीको तयारी

१९ कात्तिक, काठमाडौं । प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की आज पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत जाने भएका छन् ।

आईजीपीबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध रिट दायर गर्ने विषयमा उनले बुधबार कानुन व्यवसायीसँग परामर्श गरेका थिए ।

कार्कीनिकट कानुन व्यवसायीका अनुसार बुधबार समय अभावका कारण रिट दर्ता हुन नसकेपछि आज सर्वोच्च अदालत जाने तयारी गरिएको हो।

मन्त्रिपरिषद्ले कार्कीलाई आईजीपीबाट पदमुक्त गरेपछि उक्त निर्णयको कानुनी वैधतामाथि प्रश्न उठाउँदै उनी अदालत जान लागेका हुन्।