|  

इरानलाई समर्थन गर्ने भारत र टर्कीका कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध

१९ कात्तिक, काठमाडौं ।अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि अमेरिकी वित्त मन्त्रालयले भारत र टर्कीका कम्पनी तथा व्यापारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ।

इरानी शासनलाई समर्थन गरेको आरोपमा ती कम्पनी तथा व्यापारीमाथि प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले इरानलाई सहयोग गर्ने व्यक्ति तथा संस्थाविरुद्ध कारबाही जारी राख्ने चेतावनीसमेत दिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अभियानअन्तर्गत प्रतिबन्ध लगाइएको हो। यस अभियानको उद्देश्य इरानलाई तेल बिक्रीबाट आम्दानी गर्न रोक्नु रहेको छ।

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत इरानी शासनलाई स्थल, समुद्र वा हवाई मार्गबाट सहयोग गर्ने जोकोहीमाथि प्रतिबन्ध लगाइने बताएका छन्।