|  

खोटाङमा रेबिज संक्रमणबाट १ महिलाको मृ#त्यु

१९ कात्तिक, काठमाडौं ।  खोटाङमा रेबिज संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराकी ५९ वर्षीया कृष्णमाया थापाको रेबिजका कारण मृत्यु भएको हो । तीन महिनाअघि बिरालोले खुट्टामा टोकेकी थापाको कात्तिक १८ गते मृत्यु भएको बताइएको छ।

कात्तिक १६ गते स्वास्थ्यचौकी बतासेका एचए रमेश यादवले जाँच गर्दा रेबिजको आशंका भएपछि उनलाई अस्पताल रेफर गरेका थिए ।

आफन्तले उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्‍याएका थिए।रेबिज पुष्टि भएपछि अस्पतालले नोबेल मेडिकल कलेज रेफर गरेको थियो।

तर, उपचार सम्भव नहुने भन्दै नोबेलले भर्ना गर्न अस्वीकार गरेपछि घर फर्काउने क्रममा उनको मृत्यु भएको जनाइएको छ।थापालाई तीन महिनाअघि रातिको समयमा बिरालोले खुट्टामा कोतरेको थियो।