|  

इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाकै थियोः इजरायली राजदूत ड्यानन

१९ कात्तिक, काठमाडौं ।  अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले पराजय बेहोरेसँगै इरान युद्धलाई लिएर राजनीतिक बहस चर्किएको छ ।

संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी ड्याननले इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाकै भएको बताएका छन् ।

एक अन्तर्वार्ताका क्रममा उनले इरानमाथि आक्रमण गर्ने निर्णय इजरायलले नभई अमेरिकाले गरेको स्पष्ट पारे।

यद्यपि, इजरायलले उक्त युद्धको समर्थन गरेको र त्यसबेला आक्रमणको निर्णय सही रहेको ठहर गरेको पनि ड्याननले स्वीकार गरेका छन्।