१९ कात्तिक, काठमाडाैं । स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिदै आएको छ ।
महानगरपालिकाले विगत तीन वर्षदेखि विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल उत्पादनका लागि किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाकाअनुसार महानगरले फूल खेती विस्तारका लागि किसानलाई सयपत्री फूलको बीउ, मल्चिङ प्लास्टिक, आवश्यक कृषि सामग्री तथा प्राविधिक तालिम उपलब्ध गराउँदै आएको छ । महानगरपालिकाको सहयोग, किसानको मेहनत र विभिन्न संघसंस्थाको सहकार्यका कारण पोखरामा सयपत्री फूल खेती विस्तार हुँदै गएको छ । यसले स्थानीय बजारमा फूलको माग धान्न सहयोग पु¥याउनुका साथै किसानका लागि आम्दानीको नयाँ अवसरसमेत सिर्जना गरेको कडरियाले बताउनु भयो । यस वर्ष पोखरा महानगरपालिकाभित्र करिव २०० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तिहारमा प्रयोग हुने फूलको मागको करिव ७५ प्रतिशत पोखरामै उत्पादित फूलले धान्ने अनुमान गरिएको कडरियाले जानकारी दिनुभयो । तिहारलाई लक्षित गर्दै कृषि महाशाखाले किसानको बारीमै पुगेर फूल खेतीको अवस्था, उत्पादन र बजारमा आपूर्तिको तयारीबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा यस वर्ष तिहार केही ढिलो परेकाले फूल उत्पादन र बजारमा आपूर्ति व्यवस्थापनमा केही चुनौती देखिएको कडरियाको भनाइ छ । तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने र किसानले उचित मूल्य पाउने वातावरण बनाउन महानगरले सहजीकरण गर्दै आएको छ । विगतमा तिहारका लागि बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्था रहे पनि पछिल्ला वर्षमा पोखरामै फूल खेती विस्तार हुन थालेपछि स्थानीय उत्पादनले बजारमा हिस्सा बढाउँदै गएको छ ।
स्थानीय स्तरमै फूल उत्पादन बढ्दै जाँदा एकातिर किसानको आम्दानी वृद्धि हुने र अर्कोतर्फ बाहिरबाट हुने फूल आयात घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल





Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar