१९ कात्तिक, काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पाँच पाण्डव’ अन्तिम समयमा सरकारी हस्तक्षेपको आशंकाले अन्योलमा परे पनि शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।
बुधबार सञ्चार मन्त्रालयबाट तत्काल अग्रिम बुकिङ रोक्न भनिएपछि फिल्मको प्रदर्शनबारे अन्योल सिर्जना भएको थियो । तर बिहीबार फिल्म निर्माण टोली र चलचित्र जाँच समितिका अधिकारीबीच भएको छलफलपछि प्रदर्शनमा कुनै अवरोध नरहने स्पष्ट पारिएको हो । केन्द्रीय चलचित्र जाँच समितिका विज्ञ सदस्य मनोज पण्डितले फिल्म प्रदर्शनको अन्तिम निर्णय गर्ने अधिकार समितिकै हुने र सरकारले फिल्म प्रदर्शनमा बाधा नभई सहयोगी भूमिका खेल्नुपर्ने बताए । फिल्मका लेखक सुशील पौडेलले भने महाभारतका पात्रलाई विम्बका रूपमा प्रयोग गरिएको भन्दै फिल्म नहेरी विरोध नगर्न आग्रह गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar