|  

‘म कमजोर नैतिक धरातलमा छैन, मेरा हात सफा छन्’ : गगन थापा

१९ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो कुनै आर्थिक लेनदेन वा अनुचित संलग्नता नरहेको दाबी गरेका छन् ।

बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोबारे भिडियो सन्देश जारी गर्दै थापाले आफू कमजोर नैतिक धरातलमा नरहेको र आफ्ना हात सफा रहेको बताएका हुन् । कांग्रेसको आधिकारिकतासम्बन्धी कानुनी लडाइँमा करोडौँ रुपैयाँ त के, एक सुका पनि आर्थिक लेनदेन नभएको उनको जिकिर छ । उनले गलत प्रश्न आफूलाई नभई सम्बन्धित ठाउँमा सोध्न आग्रह गर्दै आफ्नो पक्षमा ढुक्क भएर बोल्न समर्थकहरूलाई अपिल गरेका छन् ।