१९ कात्तिक, काठमाडाैं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले न्यायाधीशलाई नै मेलमिलापकर्ताको जिम्मेवारी दिने प्रश्तावप्रति प्रश्न उठाउनुभएको छ ।
बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उहाँले न्याय दिने जिम्मेवारीमा रहेका व्यक्तिलाई मिलमिलापकर्ता बनाउँदा न्यायिक निष्पक्षता र संस्थागत विश्वसनीयतामा प्रश्न उठ्ने बताउनु भयो । न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिएमा स्वतन्त्र मेलमिलापकर्ता, उनीहरूको उत्पादन, तालिम तथा प्रमाणीकरण गर्ने संस्थाको भूमिकामाथि समेत प्रश्न उठ्ने उहाँको भनाई छ । उहाँले नेपाल बार एशोसिएशनले उठाएका विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘न्याय दिने जिम्मेवारी भएको व्यक्तिलाई नै विवाद मिलाउने जिम्मेवारी दिंदा न्यायिक निष्पक्षता र संस्थागत विश्वसनियता कसरी कायम हुन्छ ? मेलमिलापको उद्देश्य अदालतमा मुद्दाको चाप घटाउनु मात्र होइन, अदालतको मेलमिलापको ढोका खोल्नु पर्छ तर मेलमिलापकर्ताको कुर्सीमा न्यायधीशलाई नै राख्नु आवश्यक छैन । न्यायाधीशलाई नै मेलमिलापकर्ताको हैसियतमा राख्नुपर्ने कारण मैले देखेको छैन । यदि मेलमिलापकर्ताको काम न्यायाधीशले नै गर्ने हो भने स्वतन्त्र मेलमिलापकर्ता उत्पादन गर्ने, तालिम दिने र प्रमाणीकरण गर्ने संस्थाहरूको भूमिका के हुन्छ ? त्यसो भए अदालतको ढोका बन्द गरेर सबै जिम्मेवारी न्यायाधीशलाई नै दिऔँ ।’
सिद्धिकीले न्यायाधीशलाई मुद्दाको सुनुवाइ र न्याय सम्पादनको जिम्मेवारीबाट अलग गरी होटल–होटल धाएर मेलमिलाप गराउने भूमिकामा राख्न आवश्यक नरहेको बताउनुभयो । विधेयकमा जघन्य अपराधका मुद्दा अदालतबाटै निरुपण हुने व्यवस्था गर्न र मेलमिलापको दायराबारे पनि स्पष्टता गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar