|  

इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको दुरुपयोग भएको एमाले नेतृ अर्यालको आरोप

१९ कात्तिक, काठमाडाैं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको निवासमा पुर्‍याइएको घटनाले सत्ताको दुरुपयोग र प्रमाण नष्ट हुने आशंका बढाएको बताएकी छन् ।

बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रहरी अनुसन्धानमा रहेको मोबाइल दुई दिनसम्म निजी निवासमा राखिनु र त्यसका म्यासेज मेटिएको तथा स्क्यान गरिएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन् । नेपाल प्रहरी कुनै दल वा व्यक्तिको निजी संस्था नभएको उल्लेख गर्दै उनले प्रहरीमाथिको राजनीतिक हस्तक्षेपले शान्ति सुरक्षामै असर पार्ने बताइन् ।

साथै, सरकारका गतिविधिको जवाफदेहिता रास्वपाले लिनुपर्ने उनको भनाइ छ ।