|  

सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार

१९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार हुने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ कार्यतालिका पारित गरेको हो । जसअनुसार शुक्रबार डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारू तथा शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ हुनेछ । चारै प्रस्तावित न्यायाधीशविरुद्ध कुल २८ वटा उजुरी परेका छन् । समितिले उजुरीहरू अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिसकेको छ ।