|  

अवसरको सदुपयोग गर्न नसक्दा हार्‍यौँः जनकपुरका प्रशिक्षक चन्द्रपाल

१९ कात्तिक, काठमाडाैं । जनकपुरका प्रशिक्षक शिवनारिन चन्द्रपलले खेलाडी अवसरको सदुपयोग गर्न नसक्दा खेलमा असर परेका बताएका छन् ।

मोइन अली अनुभवले टोलीलाई मद्दत गरिररहेको उनले उल्लेख गरे । तर उनी टोलीमा नहुँदा बलिङ र ब्याटिङ असर परेको प्रशिक्षक चन्द्रपलले उल्लेख गरे । विदेशी खेलाडीसँगै घरेलु खेलाडीले आफ्नो ठाउँमा योगदान दिँदा मात्र जित सम्भव हुने उनले उल्लेख गरे । तथापि घरेलु खेलाडीले राम्रो गर्न नसकेको उनी बताउँछन् । हरेक खेलाडीले एक टिम भएर खेल्दा मात्र जित सम्भव हुने प्रशिक्षक चन्द्रपलले बताए । तर आफ्नो टोली त्यसमा चुकेको बताउँछन् । आगामी खेलमा सुधार गर्दै जित निकाल्ने उनको विश्वास छ । –न्युज एजेन्सी नेपाल