|  

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता भएन

१९ कात्तिक, काठमाडाैं । सरकारले प्रहरी महानिरीक्षकबाट हटाएपछि दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च अदालतमा दर्ता हुन सकेन ।

आईजीपीबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारी निर्णयविरुद्ध कार्की  सर्वोच्च पुगेका थिए । तर, रिट अध्ययन गर्न समय लाग्ने भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको कार्कीका निकट अधिवक्ता टिकाबहादुर कुँवरले जानकारी दिए । सरकारले डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिसकेको छ । कार्कीको रिट दर्ता भए पनि प्रारम्भिक सुनुवाइ तिहार बिदापछि मात्रै हुने देखिएको छ ।