|  

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने

२० कात्तिक, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्।

पहिलो खेलमा दिउँसो १२ः३० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।यस्तै, दोस्रो खेलमा अपराह्न ४ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

अंक तालिकामा कर्णाली तेस्रो र सुदूरपश्चिम छैटौँ स्थानमा छन्। चितवन सातौँ स्थानमा रहँदा तीनै खेल हारेको पोखरा पहिलो जितको खोजीमा मैदान उत्रनेछ।