|  

युद्धबारे ट्रम्पः २५-३० वर्षसम्म उठ्न सक्दैन इरान

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी अमेरिकी सैन्य कारबाहीको बचाउ गर्दै त्यसलाई युद्धका रूपमा व्याख्या गर्न अस्वीकार गरेका छन्।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि प्रतिक्रिया दिँदै ट्रम्पले इरानविरुद्धको अभियान सफल भइरहेको दाबी गरेका हुन्।

‘कसले इरानसँगको युद्धको कुरा गर्‍यो रु हामीले नाकाबन्दीमा शानदार सफलता हासिल गरेका छौँ,’ उनले भने।

ट्रम्पले अमेरिकी सैन्य अभियानका कारण इरानलाई पुनः उठ्न २५ देखि ३० वर्षसम्म लाग्न सक्ने दाबीसमेत गरेका छन्।