|  

तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२० कात्तिक, काठमाडौं ।  साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाला सुन तोलामा  ५ हजार ९०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।