|  

राष्ट्रपतिसँग महासंघ प्रतिनिधिको भेट, प्रेस काउन्सिल अध्यादेश जारी नगर्न आग्रह

२० कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ।

महासंघका अध्यक्षसहित पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले शुक्रबार राष्ट्रपति पौडेललाई भेटेर अध्यादेश जारी नगर्न आग्रह गरेको हो।

भेटका क्रममा महासंघले अध्यादेशमा समावेश गरिएका प्रावधान र त्यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको जनाएको छ।