|  

इनम प्रकरणमा जोडेर सभापति थापाविरुद्ध बन्द कोठाबाट प्रायोजित हल्ला चलाइयोः महामन्त्री संग्रौला

२० कात्तिक, काठमाडौं ।  नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले बिचौलिया इनम सापकोटा प्रकरणसँग जोडेर पार्टी सभापति गगन थापाविरुद्ध प्रायोजित हल्ला चलाइएको आरोप लगाएकी छन्।

काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारका कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेस र सभापति थापामाथि प्रहार गरिएको दाबी गरिन् ।

पत्रकारले समाचार लेखेकै आधारमा सरकारले कलम बन्द गराउन खोजेको भन्दै प्रश्न उठाउँदा थापामाथि हमला गरिएको उनको भनाइ थियो। कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गर्न खोजिएको दाबी गरिन्।

राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेस बालेन सरकारसँग नडराउने प्रस्ट पारिन्। देश फेसबुकका स्टाटस, लाइक र कमेन्टको भरमा नभई विधि, कानुन अनुसार चल्ने बताइन्।