२० कात्तिक, काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार सूचना जारी गर्दै कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाएको जनाएको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार चाडपर्वका बेला सवारी चाप र दुर्घटनाको जोखिम न्यूनीकरण गर्नुका साथै यात्रुवाहक सवारीको आवागमन सहज बनाउन यस्तो निर्णय गरिएको हो।
प्रशासनले तोकिएको अवधिभर जिल्लाभित्रका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar