|  

आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छः रवि लामिछाने

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आईजीपी हेरफेर किन गरेको रहेछ भन्ने व्यवहारबाट देखिनुपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले त्यसको पुष्टि व्यवहारबाट देखिनुपर्ने धारणा राखे ।

‘आईजीपी हेरफेर किन गरेको रहेछ भन्ने सरकारले औचित्य प्रमाणित गर्छ, प्रधानमन्त्रीले आएर स्टेटमेन्ट दिनुहुन्छ होइन नि । किन गर्नुपरेको रहेछ भन्ने त व्यवहारले देखाउँछ नि भोलि । ए भनेर,’ रविले भने, ‘त्यो देखाउनुपर्‍यो भनेको, त्यो देखाउनुपर्‍यो त अहिले नि भन्छु नि ।’