|  

एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै

२१ कात्तिक, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुँदैछ ।

साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमाडौं गोर्खाजले शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

७ अंकसहित लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ भने ४ अंक जोडेको काठमाडौं चौथो स्थानमा रहेको छ।

लुम्बिनी चार खेलमा तीन जित र एक खेल रद्द हुँदा अपराजित छ। यता, काठमाडौंले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ।