|  

एआई प्रतिबन्ध लगाउने विद्यालयलाई सर्च प्रयोग गर्न नदिने गुगलको घोषणा

२१ कात्तिक, काठमाडौं । गुगलले आफ्ना एआई सेवा पूर्ण रूपमा प्रतिबन्ध लगाउने विद्यालयलाई गुगल सर्च इन्जिनको पहुँचसमेत नदिने नीति ल्याएको छ।

मङ्गलबार सार्वजनिक नयाँ नीतिअनुसार कक्षा १२ सम्मका विद्यार्थीका अकाउन्टमा जेमिनाई असिस्टेन्ट र सर्चमा आधारित एआई सुविधा सुरुवाती रूपमा निष्क्रिय रहनेछन्।

विद्यालय प्रशासनले अनुमति दिएपछि मात्र ती सुविधा सक्रिय हुनेछन्।तर, कुनै विद्यालयले एआई सेवामा पूर्ण प्रतिबन्ध लगाएमा गुगल सर्चसमेत प्रयोग गर्न नपाउने कम्पनीले स्पष्ट पारेको छ।