|  

सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्दैछः डिला संग्रौला

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले सरकार सत्ता कब्जा र लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको आरोप लगाइन्।

लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा दलविरुद्ध राज्यशक्तिको प्रयोग भइरहेको भन्दै उनले त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिइन्।