|  

मोहन बस्नेतको टिप्पणी : १८ करोड त ट्रेलरमात्रै हो

२१ कात्तिक, काठमाडाैं । नेपाली कांग्रेसका देउवा समूहका नेता मोहनबहादुर बस्नेतले चर्चामा रहेको १८ करोड रुपैयाँको विषयलाई ‘ट्रेलरमात्र’ भएको टिप्पणी गरेका छन्।

देउवा समूहको काठमाडौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले स्वास्थ्य मन्त्रालयमा मात्रै छानबिन गर्ने हो भने दर्जनौँ मुद्दा लाग्न सक्ने विषय रहेको दाबी गरे। उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोडको विषय उठाउने वा त्यसमा संलग्नमध्ये कसै न कसैलाई कारबाही गर्नुपर्ने मागसमेत गरे।