|  

मंगलबार र बुधबार काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने, जथाभावी फोहोर नफाल्न आग्रह

२२ कात्तिक, काठमाडौं । तिहार पर्वका कारण कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।

बन्चरेडाँडास्थित अन्तिम फोहोर व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी बिदामा रहने भएकाले दुई दिन फोहोर व्यवस्थापन रोकिने भएको हो।

कात्तिक २६ गतेदेखि फोहोर व्यवस्थापनको काम नियमित सञ्चालन हुने छ । फोहोर व्यवस्थापन प्रभावित हुने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहोर नफाल्न महानगरले नगरवासीलाई आग्रह गरेको छ।