|  

दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी

२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।

काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो।

बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।