|  

एनपीएलमा आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्ने

२३ कात्तिक, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै, दिउँसो ४ः३० बजे हुने दोस्रो खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजको सामना गर्नेछ।