२३ कात्तिक, काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाईएको बताएका छन् ।
थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज निर्माण गर्न आग्रह गरिरहेको अवस्थामा सरकारी पक्षबाटै सञ्चालित स्टलहरूमा प्लास्टिकका झोला देखिनु उचित नभएको उनले बताए । उनले उत्पादित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) पनि स्पष्ट रूपमा उल्लेख नगरिएको बताए । निजी क्षेत्रका व्यवसायीलाई आफ्ना उत्पादनमा एमआरपी अनिवार्य रूपमा राख्न निर्देशन दिइरहेको सरकारले आफ्नै उत्पादनमा भने एमआरपी स्पष्ट नदेखिएको उनको भनाइ थियो । उनले प्लाष्टिक झोला प्रयोग नगर्न तथा अनिवार्य रुपमा एमआरपी लागू गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने,‘सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज बनाऊँ भनेर भनिरहेछ । तर सरकारकै तर्फबाट राखिएका केही स्टलहरूमा प्लास्टिकका झोलाहरू देखियो । त्यसलाई हामीले सुधार्नुपर्छ । हामीले जनतालाई एमआरपी राख भनेर एकदम निर्देशन दिइरहेको देखिन्छ । तर सरकारकै प्रडक्टमा एमआरपी स्पष्टसँग देखिएन । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’
खाद्य संस्थानले आयोजना गरेको तिहार विशेष रैथाने मेलामा करिव २६ वटा स्टल रहेका छन् । मेलामा तिहारको लागी सामान किन्नेहरुको भीड लागेको छ । सभामुख अर्यालले पनि सोमवार मेलाको अवलोकन गर्नुको साथै आवश्यक सामान खरिद गरेका थिए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar