|  

कोप-३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली क्षेत्रको जलवायु सङ्कटबारे विश्वको ध्यानाकर्षण

२३ कात्तिक, काठमाडाैं । टर्किएको आन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले जलवायु सङ्कट र हिमाली क्षेत्रले भोगिरहेका जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार नेपाल पेभिलियन उद्घाटन गर्दै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिम, जैविक विविधता संरक्षण र स्थानीय समुदायको अनुकूलन प्रयासबारे विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्। भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले जलवायु परिवर्तनमा न्यून योगदान भएका नेपालजस्ता मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताए। जलवायु न्याय, हानि तथा क्षति कोषमा सहज पहुँच र हिमाली क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको जोड थियो।

कार्यक्रममा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री नीशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायतले पनि सम्बोधन गरेका थिए।