|  

ओस्कार अवार्ड विजेता ओलम्पियाको निधन  

१९, वैशाख काठमाडौ । ओस्कार अवार्ड विजेता अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको निधन भएको छ । ८९ वर्षीय उनको  न्युयोर्कमा निधन भएको हो ।

रोमान्टिक कमेडी चलचित्र मुनस्टककाबाट उनले सन् १९८७ को  लागि ओस्कर अवार्ड जितेकी थिइन्। ओलम्पियाले कलाकार र निर्देशकका रुपमा रगंमञ्चमा लामो र सम्मानित जीवन बिताएकी थिइन्। ओलम्पियाको जन्म सन् १९३१ मा मासाचुसेट्सको लोवेलमा जन्म भएको हो। एजेन्सी