|  

नेपाल संवत् र म्हः पूजाले नयाँ आशा र उत्साह ल्याओस् : गगन थापा

२४ कात्तिक, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै थापाले नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताएका छन्।

लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास उनले व्यक्त गरेका छन्।

थापाले आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बनोस् भन्ने कामना गर्दै म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस् भनेका छन्।