|  

शंखधर साख्वाको परोपकारी भावना आत्मसात् गर्न कार्यवाहक प्रमुख डंगोलको जोड

२४ कात्तिक,काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छिन्।

मंगलवार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वालाई केवल नेपाल संवत्का संस्थापकका रूपमा मात्र लिन नहुने उल्लेख गरेकी हुन्।