|  

ममता काफ्लेको हत्या अभियोगमा पति नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन्।

प्रिन्स विलियम काउन्टी अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो।

करिब पाँच घण्टाको छलफलपछि स्थानीय समयअनुसार साँझ ५ बजे जुरीले फैसला सुनाएको थियो।

दोषी ठहर भएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ। उनको सजाय आगामी सन् २०२७ मार्चमा निर्धारण हुने तय भएको छ।