|  

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

२५ कात्तिक, काठमाडौं  । दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। 

वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूले पूजा तथा दर्शन गरेर टीका लगाउने गर्छन्।

त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने परम्परा छ।