|  

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइले दिदीबहिनीबाट सप्तरंगी टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदै छन्।

कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे रहेको छ। यद्यपि, आज दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ।

समितिका अनुसार टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्नेछ।