|  

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँसी हुनेछ

२५ कात्तिक, काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्।

यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प बाँकी नरहेको इस्लामको भनाइ छ।

हसिनाका वकिलहरूले नोभेम्बर ९ मा दिल्लीस्थित बङ्गलादेशको उच्चायोगलाई इमेल पठाएर उनका लागि नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र जारी गर्न माग गरेका थिए।

तर बङ्गलादेश सरकारले यो माग खारेज गरिदिएको छ। हसिनालाई विद्यार्थी आन्दोलन दबाएको आरोपमा बङ्गलादेशको अदालतले नोभेम्बर २०२५ मा मृत्युदण्डको सजाय सुनाएको थियो।

हसिनाले भने आफूमाथिका आरोपहरू अस्वीकार गर्दै आएकी छन्।