|  

राष्ट्रपति पौडेलले लगाए बहिनीबाट भाइटीका

२५ कात्तिक, काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी शारदा पण्डितबाट उनले विधिपूर्वक भाइटीका लगाएका हुन्।

भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायत फलफूल तथा सौगात प्रदान गरेकी थिइन्।