|  

भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा

२५ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बुधबार मेघगर्जन र असिनासहित वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले काठमाडौँसहित पहाडी भूभागमा बदली र वर्षा भएको हो ।

उपत्यकाका बुढानीलकण्ठ, कपन, काँडाघारी, गौशाला, चाबहिल लगायतका स्थानमा असिनासहितको वर्षा भएको छ ।