|  

विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा

२६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान चमिका करुणारत्नेले टस जितेर विराटनगरलाई फिल्डिङको निम्तो दिए।

खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छन् ।

विराटनगर चार अंकका साथ लिग तालिकाको छैटौँ स्थानमा छ । पोखरा दुई अंकका साथ पुछारमा छ ।