२६ कात्तिक, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुट सुविधाअनुसार उनी रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालतले उनको निवेदनका आधारमा संशोधित कैदीपुर्जी पठाउँदै कैदमुक्त गर्न कारागारलाई पत्राचार गरेको थियो । कारागारका जेलर बाबुराम अर्यालका अनुसार रायमाझीलाई रिहा गर्ने पत्र तिहारअघि नै प्राप्त भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो ।
ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार सुविधा पाएपछि उनी रिहा भएका हुन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar