|  

भीमफेदी दुर्घटनाप्रति कुलमान घिसिङद्वारा दुःख व्यक्त, सडक सुरक्षा कडाइ गर्न आग्रह

२६ कात्तिक, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाहीस्थित घर फर्किरहेका एकै गाउँका नागरिकले ज्यान गुमाउनुपरेको घटनाले आफू मर्माहत भएको घिसिङले बताएका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घिसिङले चाडपर्वका समयमा बढ्ने सडक दुर्घटना रोक्न सवारी सुरक्षा मापदण्ड प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताएका छन् । विशेषगरी विद्युतीय सवारीसाधनका प्राविधिक पक्षलाई ध्यानमा राख्दै चालकलाई आवश्यक तालिम र सचेतना दिनुपर्ने उनको जोड छ ।

उनले सडक सुरक्षा र नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकार, यातायात व्यवसायी र यात्रु सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।